२०८२ फाल्गुन १८ गते सोमबार ०४:४१

सबै म्यानपावर कम्पनीलाई जापान श्रमिक पठाउने बाटो खुला

८१३३ पटक पढिएको

Advertisement 1

काठमाडौं । जापानमा प्रशिक्षार्थी कामदार पठाउने निर्देशिका २०६६’ खारेज भएसँगै अब सबै म्यानपावर कम्पनीहरूले जापानमा श्रमिक पठाउन पाउने भएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जापानमा प्रशिक्षार्थी कामदार पठाउने निर्देशिका, २०६६ खारेज भएसँगै सबै म्यानपावर कम्पनीले श्रमिक पठाउन पाउने बाटो खुलेको बताए ।

Advertisement 2

उनका अनुसार निर्देशिका खारेजीसँगै सबै म्यानपावर कम्पनीहरूले अन्य देशझैँ श्रमिक पठाउन पाउने छन् । यसअघि जापानमा अभ्यासार्थी कामदार पठाउने निर्देशिका २०६६ आधारमा ‘जापान इन्टरनेसल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन’ (जिट्को) मार्फत नेपाली श्रमिकलाई जापान पठाउने गरिएको थियो ।

जिट्कोमार्फत् हाल ‘टेक्निकल इन्टर्न ट्रेनिङ प्रोग्राम’ (टीआईटीपी)अन्तर्गत नेपालबाट जापानमा प्रशिक्षार्थी श्रमिकहरु जाने गरेका थिए । तर, निर्देशिका खारेज भएसँगै अब टीआईटीपीको ठाउँमा इम्प्लोयमेन्ट फर स्किल डेभलपमेन्ट’ (ईएसडी) ल्याइने भएको छ ।

Advertisement 3

सन् २०२७ देखि ईएसडी कार्यक्रम ल्याउने बताइएको छ । साथै, अब टीआईटीपी सट्टा ईएसडीअन्तर्गत नेपालबाट जापान श्रमिक लगिन लागिएको छ । निर्देशिका खारेजीसँगै जिट्को प्रणाली र त्यसअन्तर्गत म्यानपावरका लागि छुट्टै सूचीकरण, नवीकरण तथा भाषा परीक्षाजस्ता प्रावधान पनि हटेका छन् ।

जिट्कोअन्तर्गत नेपालबाट जापान श्रम गर्न जानका लागि उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनु पर्ने प्रावधान रहेको थियो ।

No posts found.