२०८२ जेष्ठ ७ गते मंगलवार ०६:२८

गायिका एलिना चौहानले पति विष्णुविरूद्ध दायर गरिन् सम्बन्धविच्छेद मुद्दा

१४८६२ पटक पढिएको

Advertisement 1

काठमाडौं । गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छिन् ।

शुक्रबार जिल्ला अदालत काठमाडौंमा मानाचामल र अंश हकदाबी छाडेर सम्बन्धविच्छेद गरी पाऊँ भनेर उनले मुद्धा दायर गरेकी हुन् ।

Advertisement 2

गत ५ वैशाखमा एलिनाले अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग बिहे गरेकी थिइन् । एलिना बिहेपश्चात् केही समय पतिसँग अस्ट्रेलिया गएर नेपाल फर्केकी थिइन् । नेपाल फर्केपछि उनीहरुबीच सम्बन्धमा दरार पैदा भएको थियो ।

एलिनाले सम्बन्धबिच्छेद मुद्दामा पति सापकोटाले आफूमाथि अनेकथरी शंका उपशंका गरेको, काममा बाधा दिएको, चरित्रमाथि शंका गरेको आरोप लगाएकी छिन् ।

दम्कुवासीको दरिलो साथ, शिक्षामा कालिका विद्यालयको छलाङ