२०८२ माघ ५ गते आईतवार ११:२३

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

१२२१० पटक पढिएको

नवलपरासी । बाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राममार्गअन्तर्गत बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ ।

Advertisement 1

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलाको सडक चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो । बाटो चिप्लो भएकाले सवारीसाधन चलेका छैनन् ।

हिजोदेखि नै पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । आज विहान २ बजेदेखि बाटो दुईतर्फी अवरुद्ध भएको उहाँले बताउनुभयो । बाटो खुलाउन निरन्तर प्रयास भइरहेको सूचना अधिकारी रेशम बोहरले बताउनुभयो ।

निर्वाचन आउन ६५ दिन बाँकीः उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? यस्तो छ खर्च सीमा

सबै म्यानपावर कम्पनीलाई जापान श्रमिक पठाउने बाटो खुला

एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण