२०८३ असार २१ गते आईतवार २३:१७

नाछिरिङ प्रवास यू.के.को अध्यक्षमा कमल नाछिरिङ सर्वसम्मत चयन

१३१७ पटक पढिएको

सुमन बाङ्देल

Advertisement 1

लन्डन। किरात रदु नाछिरिङ प्रवास यू.के.को वार्षिक साधारण सभा सम्पन्न भएको छ । “हामी नाछिरिङ हौं, नाछिरिङ हामी सचेत नागरिक बनौं” भन्ने मूल नारासहित बेलायतको स्यान्डहर्स्टमा असार २० गते साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाले कमल नाछिरिङको अध्यक्षतामा नयाँ कार्यसमिति पनि गठन गरेको छ । नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

Advertisement 2

साधारण सभाले आगामी कार्यकालका लागि अध्यक्षमा कमलसँगै उपाध्यक्षमा हस्तराज नाछिरिङ र प्रकाश नाछिरिङ, महासचिवमा सप्तराज नाछिरिङ, उपमहासचिवमा टेकवीर नाछिरिङ, सचिवमा नवीन नाछिरिङ, कोषाध्यक्षमा प्रकाश नाछिरिङ तथा सह–कोषाध्यक्षमा जितेन्द्र नाछिरिङ चयन गरेको छ ।

यसैगरी कार्यसमितिको सदस्यतर्फ नरभक्त नाछिरिङ, मनकुमार नाछिरिङ, प्रदीप नाछिरिङ, उदय नाछिरिङ, नरेन्द्र नाछिरिङ, सन्तोष नाछिरिङ, मदन नाछिरिङ, जितेन्द्र नाछिरिङ र घनबहादुर नाछिरिङ चयन भएका छन्।

Advertisement 3

वार्षिक भेटघाट कार्यक्रममा सहभागीहरूले प्रवासमा रहेर पनि आफ्नो मातृभाषा, संस्कृति, परम्परा तथा नाछिरिङ समुदायको मौलिक पहिचान संरक्षण र प्रवर्द्धनमा संस्थाले खेलेको भूमिकाकाबारे प्रशंसा गरेका थिए। समुदायबीच आपसी सम्बन्धलाई थप सुदृढ बनाउने, नयाँ पुस्तालाई आफ्नो भाषा र संस्कृतिसँग जोड्ने तथा सामाजिक एकतालाई अझ मजबुत बनाउने विषयमा पनि छलफल भएको थियो।

नवनिर्वाचित अध्यक्ष नछिरिङ्ले कार्यसमितिले संस्थालाई अझ सक्रिय, उत्तरदायी र प्रभावकारी बनाउँदै बेलायतमा रहेका नाछिरिङ समुदायको हकहित, सामाजिक एकता तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा निवर्तमान अध्यक्ष विश्वराज नाछिरिङ, सल्लाहकार क्याप्टेन गोबिन्दबाबु लगायतले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गरे ।

कार्यक्रममा बेलायतका विभिन्न सहरबाट नाछिरिङ समुदायका सदस्य तथा परिवारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नाछिरिङ प्रवास यू.के.को स्थापना सन् २०१३ (वि.सं. २०६९) मा भएको हो ।

नाछिरिङ प्रवास यू.के.को अध्यक्षमा कमल नाछिरिङ सर्वसम्मत चयन