आविष्कार कलाले लिएर आए ‘अरूण तमोर… ’ (भिडियोसहित)
  • मूलधार

काठमाडौं । गीतकार तथा कवि आविष्कार कलाको शब्द रहेको ‘अरूण तमोर… ’ बोलको भिडियो गीत सार्वजनिक भएको छ । मुकुमलुङ युट्युब च्यानलमार्फत शनिबार भिडियो गीत सार्वजनिक भएको हो ।

सर्भेयरका जागिरे आविष्कारले ल्याएको गीतमा देशप्रति औँधी माया झल्केको देखिन्छ । देशका युवाहरु दैनिक लाखौँको संख्यामा विदेश उडिरहेको अवस्थामा युवाहरु देशमै बसेर वा एकजुट नभइकन देश विकास नहुने गीतमार्फत् सन्देश दिइएको छ ।

सार्वजनिक भएको देशभक्ति गीतमार्फत् भनिएको छ, `अरुण तमोर नमिले कोशी बन्दैन, युवाहरू नजुटे देशै बन्दैन ।’

गीतमार्फत् अनुपम देशको डाँडापाखा, पाखा पखेरा र कला संस्कृतिको पनि गुणगान गाइएको छ । लयत्मक गीतले सुन्दर देशको विकासको मुहा फेर्नलाई कसैको गुहार नचाहिने र सबै मिली देश बनाउन सकिने बलियो सन्देश दिन खोजेको छ ।

गीतले अनुपम प्रकृतिको गुणगान गाउँदै थप सौन्दर्यता र सन्देश दिएको छ -`भनेको छ तिनजुरे मिल्के जलजले हाम्रो गुराँसको राजधानी
गाउँघर आफ्नो बिरानो बनाई विदेशमा जवानी, फर्क हे भाई देउराली सम्झी हिमाली पाखामा, बसेर गाउला दुःख विसाउँला हाक्पारे भाकामा ।
फर्कनैपर्छ मातृभूमिको फेर्नलाई मुहार, श्रम र सीप धन र बल चाहिदैन गुहार, उचोमा उचो हिमाल हाम्रो चुली हो संसारको, विकास गरौँ मुहार फेरौँ प्राकृति अनुसारको ।’

सार्वजनिक भिडियो गीतको संगीत धनु ग्यांमी मगरले भरेको छन् भने मनोन स्यांगसन राईले गीतमा स्वर भरेका छन् । कोरसतर्फ मोनिका राई र अतित थेबेको प्रस्तुत रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्:

  • December 17, 2023 प्रकाशित
  • सम्बन्धित