पेम्बा ग्याल्जे शेर्पाले रचे नयाँ कीर्तिमान
  • मूलधार

काठमाडौं । माउन्टेन गाइड एवं नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ (एनएनएमजीए) का टेक्निकल कमिटीका सदस्य पेम्बा ग्याल्जे शेर्पाले नयाँ कीर्तिमान रचेका छन् ।

शेर्पाले अक्सिजनबिनै २७ सेप्टेम्बर २०२३ को बिहान ७ बजे यसअघिको कीर्तिमान तोड्दै सबैभन्दा छिटो समय (१२ घण्टा)मा मनास्लु हिमालको आरोहण गरेर नयाँ कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका हुन् ।

उनले २६ सेप्टेम्बर बेलुकी ७ बजे आधार शिविरबाट अक्सिजनबिनै मनास्लुको आरोहण सुरु गरेका थिए । शेर्पाले फ्रान्सकोइस कजानेलीले १३ घण्टाको अवधिमा बनाएको कीर्तिमान तोडेका हुन् ।

सन् २०१९ मा कजानेलीले १३ घण्टाको अवधिमा ८ हजार १६३ मिटर उचाई रहेको मनास्लु हिमालको चुचुरोमा छिटो अवधिमा आरोहण गरेर कीर्तिमान बनाएका थिए । तर, त्यसको ठीक ४ वर्षपछि शेर्पाले उक्त कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान रचेका छन् ।

तस्वीरः कोर्नाड मेयर

  • September 29, 2023 प्रकाशित
  • सम्बन्धित