- केजिन राई
ब्रसेल्स (बेल्जियम) । हिजो लुभेनमा सम्पन्न गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको नवौं राष्ट्रिय अधिवेशनले सिता सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
अध्यक्षबाहेक सबै कार्यसमिति निर्विरोध चयन भएको थियो भने यो पटकको सुन्दर पक्ष भनेको सम्पूर्ण महत्वपूर्ण पदहरूसहित १६ महिला समितिमा निर्वाचित भएकी छन् । समितिमा न्युज २४ नेपालका पत्रकार इन्दिरा चाम्लिङ राई उपाध्यक्षमा निर्वाचित भएकी छिन् ।
बेल्जियमका ६ क्षेत्रहरुमा भएको मतदान केन्द्रमा एकैपटक भएको मतदानमा सापकोटाले १ हजार ११२ मत ल्याएर अध्यक्षमा विजयी हुँदा उनका प्रतिद्धन्द्धी तीर्थराज धमलाले ९४८ मत प्राप्त गरेका थिए ।
प्रमुख निर्वाचन आयुक्त गंगाधर गौतम, सहआयुक्त प्रेम गुरुङ र सदस्य सचिव विनोद न्यौपाने रहेको निर्वाचन समितिका अनुसार परिषद्को नयाँ कार्यसमितिको उपाध्यक्षमा लोकेन्द्र नेपाल (पुष्प), काशी दनैं, आदिवासी जनजाति उपाध्यक्षमा इन्दिरा चाम्लिङ राई , महिला उपाध्यक्षमा सावित्री गिरी, युवा उपाध्यक्षमा रिवु श्रेष्ठ (बस्नेत), महासचिवमा रुविना शर्मा, उपमहासचिवमा राजेन्द्रबहादुर कार्की, सचिवत्रयमा रमेश दाहाल, संजयदेव श्रेष्ठ, इश्वरा शर्मा, महिला सचिवमा जमुना शर्मा आचार्य, कोषाध्यक्षमा अजित तुलाचन र सहकोषाध्यक्षमा राजु श्रीवास्तव निर्विाचित भएका छन् ।
महिला संयोजकमा सारदा धिताल, महिला उपसंयोजकमा सरु श्रेष्ठ गुरुङ, युवा संयोजकमा सुदीप चौधरी, एन्तवेरपेन संयोजक चित्र गुरुङ, लुभेन संयोजकमा सुरज खरेल, गेन्ट सयोजक गंगा गुरुङ , ब्रुज संयोजक देवी कुमारी शर्मा, निर्विरोध निर्वाचित हुनु भएकोछ । सदस्यहरुमा अशोका केसी , सिता दाहाल , सुर्य प्रसाद सापकोटा, रोशन गौतम, दिपिका केसी, बिनोद शाही, निता सुब्बा, रश्मी निरौला, जानु नेपाल, बिक्की मल्ल, सरोज आचार्य, रमेश सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी आईसीसी सदस्यत्रयमा भिम सुबेदी मदन दवाडी र हरी भट्टराई निर्विरोध चयन भएका छन् । नबनिर्बाचित समितिलाई बेनेलक्स र यूरोपियन युनियनका लागि राजदुत गेहेन्द्र राजभण्डारी , निबर्तमान अध्यक्ष खडक बहादुर केसी र निर्वाचन समिति सयोजक गंगाधर गौतमले प्रमाणपत्र वितरण गरेका थिए भने ब्यवसायी संघ बेल्जियम अध्यक्ष चिरन कुमार खवासले कार्यक्रम सञ्चालन गरेका थिए ।