काठमाडौं । प्रदेश नम्बर १ को नाम ‘कोशी’ नामकरण गरिएपछि असन्तुष्ट पहिचानवादी संगठन आन्दोलनरत रहेको छ । पहिचानवादी संगठनले कुनै पनि अवस्थामा प्रदेशको १ को नाम सच्याएर पहिचानका आधारमा नामकरण गर्नुपर्ने भन्दै फागुन १७ यता आन्दोलनरत रहेको छ ।
यसै सिलसिलामा आज (मंगलबार) नेकपा माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता तथा पूर्वमन्त्री इन्द्र आङ्बोमाथि आन्दोलनरत पक्षधरले उनी सवार गाडीमा सामान्य क्षतिसँगै आक्रमणको प्रयास पनि गरेका छन् ।
मंगलबार आङ्बो फुङलिङ बजार जाने क्रममा उनी सवार गाडीमाथि आक्रमण भएको हो। सार्वजनिक भिडियोमा असन्तुष्ट पक्षधरले प्रहरीले स्कटिङ गर्दै उनको गाडीलाई अपशब्दसहित पछिपछि पछ्याएको सुनिन्छ ।
प्रदेश १ को नाम कोशी बहुमतका साथ पारित गर्ने ‘गद्दार’ भन्दै आन्दोलनरत पक्षधर आङ्बोसहित अन्य आदिवासी प्रदेश सांसदहरुमाथि खनिँदै आएका छन् ।