चैत १० देखि १२ गतेसम्म भृकुटीमण्डपमा तेस्रो ‘नेपाल फाईभ पि’ अन्तर्राष्ट्रिय प्रर्दशनी हुने
  • मूलधार

काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा.लि. ले विगतका वर्षहरुझैँ यस वर्ष पनि तेस्रो ‘नेपाल फाईभ पि’ अन्तर्राष्ट्रिय प्रर्दशनी हुने भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा यहिँ चैत १० देखि १२ गतेसम्म ‘नेपाल फाईभ पि’ अन्तर्राष्ट्रिय प्रर्दशनी हुनेछ । प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने छन्।

नेपाल फाईभ पी नेपालभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङसँग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर ब्यापार साझेदारी, नवीनतम् प्रविधि प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने एक मात्र उद्योग, व्यापार विशेष अन्तर्राष्ट्रिय प्रदर्शनी हो । प्रर्दशनीमा देश भरबाट बढीभन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, संघ संस्थाका प्रतिनिधि आदिले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा विश्वास लिइएको छ ।

प्रदर्शनीमार्फत ती पाँच विधामा संचालन भएका उद्योग र व्यापार व्यवसायहरलाई निर्यातका नयाँ अवसरहरु, नवीनतम् प्रविधिसँग सात्क्षात्कार गराउनुका साथै विभिन्न उद्योगहरुबीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएको छ ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा सह–आयोजकका रुपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाको रुपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ रहेका छन् । यस प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ् मसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ्, ईन्डक्सन मोल्डिङ् मसिन, प्रिन्टिङ् मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादकलगायतका संस्थाहरुको सहभागिता रहने छ ।

सप्लायर्स र उत्पादकहरुको साझा मञ्च मात्र नभएर नेपाल फाईभ पीले समृद्द नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पुर्याउनका साथै संसारभरका उत्कृष्ट प्रविधि र प्रयासहरुलाई भित्राउने नेपाल फाईभ पि एक्स्पोका आयोजकको दाबी छ ।

  • March 20, 2023 प्रकाशित
  • सम्बन्धित