ओखलढुंगामा मुख्यमन्त्री कार्कीलाई देखाइयो कालो झण्डा, गाडीमा तोडफोडको प्रयास
  • राज दयाल

ओखलढुंगा । कोशी प्रदेशका मुख्यन्त्री हिक्मतकुमार कार्की सवार गाडीमा तोडफोडको प्रयास भएको छ । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका पहिचानवादी आन्दोलनकारीहरुले जिल्लाको सिद्धिचरण नगरपालिका–११ स्थित गोरुमारेभञ्ज्याङमा गाडीमा तोफोडको प्रयास गरेका हुन् ।

मुख्यमन्त्री कार्की जिल्लामा सञ्चालित विभिन्न योजनाहरु उद्घाटन र शिलान्यस गर्न चैत्र ५ गते देखि ओखलढुंगामा छन् । सोहि क्रममा आज (सोमबार) सिद्धिचरण नगरपालिका–१ स्थित सामुदायिक भवनको उद्घाटन गर्न जाँदै गर्दा पहिचान पक्षधरहरुले कालो झण्डा देखाएर नाराबाजी गर्दै गाडीमा तोडफोडको प्रयास गरेका थिए । आन्दोलनकारीहरुले मुख्यमन्त्रीको गाडीमा राखिएको झन्डासमेत निकालेर फालिदिएका छन् ।

उनीहरुले मुख्यमन्त्रीलाई तलुवा जान झन्डै २ मिनेट अवरोध सिर्जना गरेका थिए । पहिचानको पुनः नामांकन संघर्ष समितिले आयोजना गरेको कार्यक्रमको नेतृत्व नेपाल आदिवासी जनजाति महासंघले गरेको थियो ।

  • March 20, 2023 प्रकाशित
  • सम्बन्धित