२०८० सालको सार्वजनिक बिदा कहिले कहिले ? हेर्नुहोस् बिदा सूची
  • मूलधार

काठमाडौं । सरकारले आगामी वर्ष ०८० सालको सार्वजनिक बिदाको सूची राजपत्रमा प्रकाशन गरेको छ । बिहीबार आगामी २०८० वैशाख १ देखि चैत मसान्तसम्मको बिदा सूची राजपत्रमा प्रकाशन गरिएको हो ।

प्रकाशन भएको राजपत्रमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक बिदा दिइएको छ । अघिल्ला वर्षहरुमा कटौतीमा परेका २७ पुसमा पृथ्वी जयन्ती र १ फागुनमा जनयुद्ध दिवशको बिदा दिने निर्णय गरेसँगै आगामी वर्ष सार्वजनिक बिदा ३५ दिन पुगेको हो ।

देशभर लागू हुने सार्वजनिक बिदाबाहेक काठमाडौं उपत्यकामा गाइजात्रा, घोडेजात्रा, मत्येन्द्रनाथको भोटो देखाउने जात्रा र इन्द्रजात्रामा सार्वजनिक बिदा दिइएको छ । देशभर महिलाहरुका लागि तिज र जितिया पर्वमा बिदा दिइएको छ । फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती र मोहम्मद जयन्तीमा सम्बन्धित समुदायलाई बिदा दिइएको छ ।

सूचनामा शनिबार बिदा, पर्व बिदा, महिला कर्मचारीको बिदा, शिक्षण संस्थाको बिदा, जात्रा बिदा, दिवस बिदा, जन्मजयन्ती बिदा, राष्ट्रिय रूपमा मनाइने तर कार्यालय खुल्ने प्रकृतिका दिवसहरू उल्लेख गरिएको छ।

  • March 16, 2023 प्रकाशित
  • सम्बन्धित