नेपालीहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा जान हुँदैनः ओली
  • मूलधार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका लागि मृत्युदण्ड दिने कानून मान्य नहुने बताएका छन् ।

मंगलबार मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले नेपालीहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा जान नहुने उनले बताए ।

मृत्युदण्ड दिएपछि त्यसलाई पछि सच्याउने ठाउँ नहुनेसमेत उनको भनाइ थियो । ‘बुद्ध जन्मेको देशमा कुनै पनि प्रकारका आवेश वा उत्तेजनाका साथै मृत्युदण्डको पक्षमा जानु दुःख कुरा हुन सक्छ ,’ उनले भने, ‘मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन । त्यसकारण हामी स्थायी रूपमा मृत्युदण्डको पक्षमा कुनै आवेशमा जान हुँदैन ।’

अध्यक्ष ओलीले नेपालमा पनि मानव अधिकार आयोगलाई धम्की दिने राजनीति अभ्यास देखिएकोप्रति असन्तुष्टि पोखे । उनले भने, ‘बुद्धको मार्गदर्शनभन्दा बाहिर रहेर हाम्रो कर्म भएकाले मृत्युदण्डको आवश्वकता महशुुस गरेका हुन् कि नेपाली जनताले कतै हामी ‘बुद्ध लाई देखाएर अपराधी हुन बाट बचेको त छैन ?’

  • March 14, 2023 प्रकाशित
  • सम्बन्धित