काठमाडौं । राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भएका नेकपा (एमाले)का उपाध्यक्ष सुवाचन्द्र नेम्वाङ संसदीय दलको उपनेता चयन भएका छन् ।
सोमबार पार्टी अध्यक्षसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई उपनेता चयन गरेका हुन् ।
यसअघि पनि दलको उपनेता रहेका नेम्वाङलाई राष्ट्रपतिमा पराजित भएलगत्तै ओलीले उपनेताको जिम्मेवारी दिएका छन् । उपनेताको जिम्मेवारीसँगै राष्ट्रपतिमा पराजित भएबापत् उपहार भनेर बाहिर भनिएको छ ।
अध्यक्ष ओलीले आइतबार संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई मनोनित गरिसकेका छन् ।