काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू मन्त्री नबन्ने बताएका छन्।
सेजनद्वारा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले चाहेर पनि मन्त्री नबन्ने बताएका हुन् ।
उनले भने, ‘ संसद र प्रधानमन्त्री समक्षा आफ्नो कुरा राख्ने समय हो । अहिले मन्त्री चाहेर पनि बन्ने अवस्था छैन तर जब सम्म कांग्रेस सरकारमा रहँदा सफल बनाउने हो ।’
यसअघि उनले मन्त्री होइन प्रधानमन्त्री नै चलाउँछु भनेर विश्वास लागेर नै संसदीय दलको नेतामा लडेको पनि स्पष्ट पारे। तर, विडम्वना संसदीय दलका आफ्नै सांसद साथीहरुको विश्वास जित्न नसकेको कारण संसदीय दलको नेता बन्नबाट बञ्ति हुनुपरेको पनि सुनाए ।
सरकार सफल र असफल भन्ने कुरा सत्तामा बसेर वा समय बिताएर त्यसको मूल्याङकन गर्न नहुने पनि उनले बताएका छन् । उनका अनुसार देश र जनताका लागि के दिइयो भन्नेतिर ध्यान केन्द्रित हुनु पर्छ होइन भने यो ५ वर्षको महत्वपूर्ण समय खेर जानेमात्र होइन जनतामा निराश पैदा हुन्छ ।