‘कोशी प्रदेश’ खारेज गर्नुपर्ने मागसहित माइतीघरमा विरोध प्रदर्शन (तस्वीरहरु)
  • मूलधार

काठमाडौं । प्रदेश १ को नाम ‘कोशी’ खारेज गर्नुपर्ने मागसँगै माइतीघरमा प्रदर्शन गरिएको छ । आइतबार कोशी प्रदेश खारेज गर्नुपर्ने माग राख्दै विभिन्न पहिचानवादी संघसंस्थाहरु माइतीघरमा विरोध प्रर्दशनमा उत्रिएका हुन् ।

कोशी प्रदेश खारेज गरेर ‘लिम्बुवान किरात’ प्रदेश नामांकन गर्न माग गरिएको छ । साथै, ‘कोशी प्रदेश’ नाम खारेज नभइञ्जेल आन्दोलन जारी रहने उनीहरुले बताएका छन् ।

प्रदर्शनका क्रममा ‘कोशी प्रदेश मुर्दावाद’, ‘किरात प्रदेश जिन्दावाद’, ‘कोशी नाम खारेज गर, पहिचान विरोधी होसियार’, लगायत ब्यानरसहित प्लेकार्ड देखाएर विरोध जनाइएको थियो । गत १७ फागुनमा प्रदेश नम्बर १ को नाम प्रदेशसभा बैठकबाट ‘कोशी प्रदेश’ बहुमतले पारित गरिएको थियो ।

प्रदर्शनका क्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध पनि विरोध जनाइएको थियो । आइतबार ‘कोशी प्रदेश’ विरुद्ध प्रदेशका विभिन्न स्थानमा बन्द आह्वान गरिएको छ ।

  • March 12, 2023 प्रकाशित
  • सम्बन्धित