प्रचण्डविरुद्धको मुद्धामा सर्वाेच्चले भन्यो– ‘पर्याप्त कारण नदेखिएकाले अन्तरिम आदेश जारी गर्न परेन’
  • मूलधार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दामा सर्वोच्च अदालतले पर्याप्त कारण नदेखिएकाले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

कारण अपुग भएको भन्दै सर्वोच्चले प्रचण्डमाथि कारण देखाउ आदेश जारी गरेको छ । रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा.सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइँटेल ध्रवलाल श्रेष्ठले बहस गरेका थिए ।

 

  • March 10, 2023 प्रकाशित
  • सम्बन्धित