एआईजी बढुवा सिफारिसमा ५ डीआईजीमध्ये दोस्रो नम्बरमा टेकप्रसाद राई
  • मूलधार

काठमाडौं । नेपाल प्रहरीका रिक्त पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को नाम बढुवाका लागि सिफारिस गरिएको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा समितिको सिफारिसमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको कमाण्ड सम्हालिरहेका वसन्त कुँवर पहिलो नम्बरमा रहेका छन् । यसअघिको डीआईजी बढुवामा पनि उनी नै पहिलो नम्बरमा थिए ।

दोस्रो नम्बरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा कार्यरत टेकप्रसाद राई, तेस्रोमा दीपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाँचौं नम्बरमा किरण बज्राचार्य रहेका छन् । एआईजीमा बढुवा भएका यी पाँचमध्ये एकजना आगामी चैत १० गतेदेखि नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) बन्दैछन् ।

तस्वीरः प्रविन राई

  • March 10, 2023 प्रकाशित
  • सम्बन्धित