काठमाडौं । एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको गर्ने भएको छ ।
‘सृजनशील प्रशासन–समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ फागुन २६ र २७ गते भक्तपुरको बोडेमा भव्य रुपमा प्रथम राष्ट्रिय अधिवेशन हुन लागेको छ ।
अधिवेशनको उद्घाटन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गर्ने छन् । अधिवेशनमा कर्मचारी ट्रेड युनियनका क्षेत्रमा देखिएका चुनौती तथा समाधानका विषयमा अन्तर्राष्ट्रिय तहमा भइरहेका अभ्यासबारे छलफल हुने बताइएको छ ।
स्थापनाको एक वर्षको अवधिमा संगठनले आफ्नो क्षेत्र विस्तारलाई दह्रो बनाएको छ । साथै, जिल्ला, प्रदेश तथा विभागीय गरी १०३ अधिवेशन सम्पन्न गरि देशभरबाट ५ सय ७ जना प्रतिनिधि छनौँट गरिएको छ ।
फागुन २६ देखि २७ गरि दुई दिन चल्ने महाअधिवेशनमा देशभरबाट १ सय पर्यवेक्षक, विभिन्न सात मुलुकका विदेशी अतिथिहरुलाई निमन्त्रणा दिइएको छ ।
अधिवेशन भक्तपुरस्थित कृषि विकास बैंकको प्रशिक्षण केन्द्रको सभाहल बोडेमा हुने छ । साथै, महाधिवेशनले नयाँ नेतृत्व चयन पनि गर्नेछ ।