सी चिनफिङ तेस्रोपटक चीनको राष्ट्रपति चयन
  • मूलधार

एजेन्सी । सी चिनफिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा चयन भएका छन् । शुक्रबार बेइजिङमा जारी चिनिया जनकंग्रेसको १४औं वार्षिक अधिवेशनले सीलाई चीनको राष्ट्रपतिसँगै केन्द्रीय सैन्य आयोग (सीएमसी) को अध्यक्षमा सर्वसम्मतिले चयन गरेको हो ।

तेस्रो पटक राष्ट्रपतिमा चयन भएका सीलाई माओ त्से तुङपछि चीनको सबैभन्दा शक्तिशाली नेताका रूपमा हेरिएको छ । ६९ वर्षीय सीलाई चिनियाँ संसद्का रूपमा रहेको जनकंग्रेसका करिब ३ हजार सदस्यले सर्वसम्मत रूपमा राष्ट्रपति चयन गरेका छन् ।

गणतान्त्रिक चीनमा माओत्सेतुङपछि तेस्रो कार्यकाल राष्ट्रप्रमुख बन्ने सी पहिलो व्यक्ति हुन्। यसअघि चिनियाँ संविधानमै दुई कार्यकालभन्दा बढी पार्टीको महासचिव र राष्ट्रपति बन्न अंकुश लगाइएको थियो ।

तर सन् २०१८ मा संविधान संशोधन गरिएको थियो । संशोधन गरिएको संविधानमा २ कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाइने प्रावधान हटाइएपछि सी तेस्रो पटक राष्ट्रपति बनेका छन् ।

 

  • March 10, 2023 प्रकाशित
  • सम्बन्धित