काठमाडौं। राष्ट्रपति निर्वाचनका लागि भएको मतदान सम्पन्न भएको छ । मतदान सकिएसँगै अब केही बेरमै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।
मतगणनाका लागि आयोगले राष्ट्रपतिको उम्मेदवारका प्रतिनिधिहरुसँग छलफल गरेर सम्भबतः ४ बजेअगाडि नै मतगणना सुरु गर्ने सहमति भएको छ । मतपेटिका खोल्दा पत्रकारहरूको उपस्थिति पनि रहनेगरी सहमति गरिएको हो ।
राष्ट्रपति निर्वाचनमा संघीय संसदका दुवै सदर र प्रदेश सभाका सदस्यहरु सहभागी थिए । संघीय संसद र प्रदेश सभाको मतभार अलग–अलग हुने भएकाले मतगणना पनि अलग–अलग नै हुने आयोगले जनाएको छ ।
मतगणना आजै सकिने र विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र प्रदान गरिने समेत जनाइएको छ ।