पर्यटक लोभ्याउने ‘नारच्याङ झरना’
  • मूलधार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्थित नारच्याङ झरना नयाँ पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास भएको छ ।

नारच्याङ गाउँको पृष्ठभूमिमा रहेको अग्लो पहाडमा रहेको झरना हेर्न दैनिक जसो पर्यटकको चहलपहल हुने गर्छ । झरना हेर्न आउने पर्यटकको चहलपहलबाट नारच्याङमा ब्यापार व्यवसाय बढेको छ ।

यो झरनाको उचाइ तीनसय मिटरभन्दा बढी छ । यहाँ इन्द्रेणीको पनि दृष्य देख्न सकिन्छ । नारच्याङ गाउँदेखि झरना सम्म पुग्ने व्यवस्थित पदमार्ग, दृष्य अवलोकन स्थल, घेराबार निर्माण र नजिकै रेष्टुरेन्ट सञ्चालन गर्न थालेपछि पर्यटक आकर्षित भएका हुन् ।

बेनी–जोमसोम सडकको नागढुङ्गा देखि पाँच मिनेट सवारी साधन र तीस मिनेट पैदल हिडेर झरनामा पुग्न सकिन्छ । झरना अवलोकनका लागि आउने पर्यटकको सुविधाका लागि नारच्याङका सात वटा घरमा घरबास होमस्टे सञ्चालन भएको छ ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १० लाख अनुदानमा नारच्याङ देखि झरनाको फेदीसम्म पुग्ने पदमार्ग निर्माण शुरु भएको छ ।

  • March 8, 2023 प्रकाशित
  • सम्बन्धित