अब प्रधानमन्त्री प्रचण्ड डिजेल र पेट्रोलको गाडी नचढ्ने, हाइड्रोजन गाडी चढ्ने
  • मूलधार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाइड्रोजन गाडी चढ्ने भएका छन् ।

मंगलबार काठमाडौंबाट सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सल्लाहबमोजिम हाइड्रोजन गाडी चढ्न लागेको बताएका हुन् ।

उनले हाइड्रोज गाडी चढ्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छलफल भइरहेको र छिट्टै चढ्ने पनि बताए ।

उनले भने, ‘म प्रधानमन्त्री बन्दै गर्दा विद्युत प्राधिकरणका एमडी कुलमानजीले भन्नुभयो, तपाईले प्रधानमन्त्रीको रुपमा डिजेल र पेट्रोलको गाडी होइन, हाइड्रोजन गाडी चढ्नुपर्‍यो भन्नुभयो । मैले प्रधानमन्त्री कार्यालयमा छलफल गरेको छु, म हाइड्रोजन गाडी चढ्ने तयारीमा छु ।’

नेपालमा हाइड्रोजन ऊर्जाको प्रचुर सम्भावना रहेको
भन्दै उनले हाइड्रोजनबाट तमाम उद्योग व्यवसायलाई अघि बढाउने पनि बताए । ‘हामी ग्रिन इनर्जीको प्रचुर सम्भावना भएको देश हो भने यो इनर्जीलाई हाइड्रोजनमा र हाइड्रोजनबाट तमाम उद्योग व्यवसायलाई हामी किन अगाडि नबढाउने,’ उनले भने ।

  • March 7, 2023 प्रकाशित
  • सम्बन्धित