काठमाडौं । नौ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनका मतदाता सांसदहरुलाई बुधबार बिहानसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको छ ।
राष्ट्रपति निर्वाचनका लागि बनेको कार्यदलको मंगलबार बसेको बैठकले सबै मतदाता सांसदहरुलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइपुग्न र सम्बन्धित दलसँग सम्पर्कमा बस्न निर्देशन दिएको हो ।
नेपाली कांग्रेसका उपसभापति एवं गठबन्धन कार्यदलका संयोजक पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनका लागि मतदाता सांसदहरुलाई बुधबार ११ बजेसम्म काठमाडौं आइपुग्न निर्देशन दिइएको जानकारी दिएका हुन् ।
यसैगरी राष्ट्रपति निर्वाचनबारे सांसदहरुलाई प्रशिक्षण दिने, कुनै पनि अवस्थामा मत बदर हुन नदिने विषयमा पनि बैठकमा छलफल चलेको थियो ।
राष्ट्रपति निर्वाचनमा गठबन्धनबाट कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् भने नेकपा एमालेबाट सुवास नेम्वाङ रहेका छन् ।