प्रधानमन्त्री प्रचण्डविरूद्ध सर्वोच्चमा रिट दर्ता
  • मूलधार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

अधिवक्ता ज्ञानेन्द्र आरणले दिएको रिट मंगलबार दर्ता भएको हो । अर्को रिट निवेदक कल्याण बुढाथोकीको रिट भने दर्ता हुने प्रक्रिया छ ।

द्वन्द्वकालीन मुद्दा उठाएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न माग गर्दै अधिवक्ता आरण सर्वोच्च गएका थिए ।

उक्त मागसँगै शुक्रबार न्यायाधीश ईश्वर खतिवडा र हरिकृष्ण फुयालको इजलासले प्रचण्ड विरूद्ध उनीहरूले दिएका रिट दर्ता गर्न आदेश गरेको थियो।

यसअघि कात्तिकमा सर्वोच्च प्रशासनले उक्त रिट दरपिठ गरेको थियो । त्यसपछि पुनः त्यसविरूद्ध निवेदन परेको थियो ।

काठमाडौंको एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले १७ हजार मान्छे मारेर आएको भनिए पनि ५ हजारको जिम्मा लिन सक्ने अभिव्यक्ति दिएका थिए। प्रचण्डको उक्त अभिव्यक्तिलाई आधार बनाएर सर्वाेच्चमा पक्राउ गरि आवश्यक कारबाही माग गरिएको हो ।

  • March 7, 2023 प्रकाशित
  • सम्बन्धित