नेपालले यूएईलाई ४२ रनले हरायो, विश्वकप छनोटमा पुग्ने सम्भावना बलियो
  • मूलधार

काठमाडौं । सोमबार दुबईमा सम्पन्न भएको आईसीसी विश्वकप लिग–टू त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले हराएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले भीम सार्कीको अर्धशतकमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएर यूएईलाई जितका लागि २३० रनको लक्ष्य दिएको थियो ।

तर, यूएईले नेपालले दिएको २३० रनको लक्ष्य पछ्याउन सकेन । यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो । नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ३–३ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, करन केसी र आरिफ सेखले १–१ विकेट लिए ।

यूएईलाई पराजित गर्दै नेपाल लिग–२ को अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ भने विश्वकप छनोटमा पुग्ने सम्भावना कायमै राखेको छ । अब सिरिजाका चार खेलमध्ये दुई खेल जितेमा एकदिवसीय मान्यता जोगाउदै नेपाल विश्वकप छनोटमा पुग्नेछ।

 

  • March 6, 2023 प्रकाशित
  • सम्बन्धित