दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले वृद्धि, अब एक लिटर दूधको मूल्य ६५ रुपैयाँ
  • मूलधार

सरकारले बढायो दूधको मूल्य, अब एक लिटर दूधको मूल्य ६५ रुपैयाँ
काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले वृद्धि गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य एकैपटक प्रतिलिटर ९ रुपैयाँले वृद्धि गरेको हो।

दूधको मूल्य वृद्धिसँगै अब प्रतिलिटर दूधको मूल्य ६५ पुगेको छ । अहिले दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा रहेको छ। सरकारले दूधको मूल्य वृद्धि गरेसँगै अब प्रतिलिटर दूधको मूल्य न्यूनतम ६५ रुपैयाँ पुगेको छ ।

हरेक दुई वर्षको मूल्य समायोजन गर्नुपर्ने नियम बनाइए पनि सरकारले एकै वर्षमा दुई पटक दूधको मूल्य वृद्धि गरेको छ ।

  • March 3, 2023 प्रकाशित
  • सम्बन्धित