काठमाडौं । यूएईलाई पराजित गर्दै नेपाल यू–१९ विश्वकपका लागि छनोट भएको छ ।
यूएईलाई बिहीबार ७ रनले पराजित गर्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने विश्वकपमा पुगेको हो । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएसँगै नेपालले यूएईमाथि ७ रनको रोमान्चक जित हासिल गरेको हो ।
६ राष्ट्र सम्मिलित यस प्रतियोगिताको विजेता बनेको बिहीबार यूएईबाट जितका लागि १९२ रनको लक्ष्य पाएको थियो ।