काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा बिहीबार भएको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल यूएईसँग पराजित भएको छ । यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याउन नसकेको नेपालले सुरुवातदेखि ब्याटिङमा खराबी प्रदर्शन गरेसँगै हार व्यहोर्नुपर्यो ।
घरेलु टोली यूएईसँग नेपाल ६८ रनले हार ब्यहोरेको छ। नेपालले ३१.५ ओभरमा १ सय ३९ रन जोड्दा सबै विकेट गुमायो । नेपालका तीन ब्याट्सम्यानले खातै खोल्न सकेनन्। कप्तान रोहित पौडेल, ज्ञानेन्द्र मल्ल र आरिफ शेख शुन्यमै आउट भए ।
कुशल मल्लले सर्वाधिक ६० रन जोड्न सफल भए । आसिफ शेखले १७ रन बनाए। कुशल भुर्तेलले ५, दीपेन्द्रसिंह ऐरीले ७ तथा गुल्सन झा र सोमपाल कामीले ४–४ रन जोड्दा अन्तमा सन्दीप लामिछानेले २६ रन बनाउन सफल रहे ।
एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार पाँच खेल जितेको नेपालको यो पहिलो हार हो ।