विराटनगर । प्रदेश १ को नामकरणबारे छलफल गर्न प्रदेशसभाको बैठक सुरु भएको छ ।
बुधबार बिहान प्रदेश सभा सचिवालयमा ‘कोशी प्रदेश’ र ‘किरात लिम्बुवान सगरमाथा प्रदेश’ प्रस्ताव प्रदेशसभा दर्ता भएको छ ।
यसबारे छलफल गर्न अहिले बैठक जारी छ । यसअघि एमालेले कोशी नाम राख्नुपर्ने प्रस्ताव गरेको छ भने नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले किरात लिम्बुवान सगरमाथा राख्न प्रस्ताव गरो छन् ।
तर, कोशी प्रस्तावमा समर्थन गरेको कांग्रेसले भने समथर्न फिर्ता लिएको छ । तैपनि एमालेको प्रस्तावकमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले कोशी प्रदेशको पक्षमा मतदान गर्ने भनेका छन् ।
प्रदेशको नाम प्रदेशसभाको दुई तिहाइ सांसदको बहुमतले राख्ने संवैधानिक व्यवस्था रहेको छ । हाल प्रदेशसभामा एमाले, कांग्रेस र माओवादी केन्द्रको सदस्य संख्या दुई तिहाइ रहेको छ ।