प्रदेश १ को नाम ‘कोशी’ राख्न समर्थन गरेको कांग्रेसले लियो समर्थन फिर्ता
  • मूलधार

विराटनगर । प्रदेश १ को नाम भूगोलका आधारमा ‘कोशी’ राख्न समर्थन गरेको नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको छ । बुधबार बिहान संसदमा प्रदेश १ को नाम कोशी राख्न समर्थन दिएको केही घण्टा नबित्दै समर्थन कांग्रेसले समर्थन फिर्ता लिएको हो ।

एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर ‘कोशी’ नाम बुधबार बिहान प्रस्ताव संसद्मा दर्ता गराइएको थियो । तर, प्रस्ताव संसदमा दर्ता गराएको केही घण्टा नबित्दै राजवंशीले प्रदेश सभा सचिवालयमा समर्थन फिर्ता लिएको निवेदन दिएका छन्।

पहिले ‘कोशी’ नाम राख्न समर्थन गरेको कांग्रेस के कारण पछि हट्यो त्यो भने खुलेको छैन । प्रदेश १ को नामाकरण विषयमा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरू मिलेर किरात लिम्बुवान सगरमाथा नामसहित प्रस्ताव संसद्मा दर्ता गरेका छन् ।

  • March 1, 2023 प्रकाशित
  • सम्बन्धित