एकल महिला समूहद्वारा निःशुल्क स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर परीक्षण कार्यक्रम सम्पन्न
  • मूलधार

काठमाडौं। मानव अधिकारको लागि महिला, एकल महिला समूहले निःशुल्क स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

२९औँ स्थापना दिवसको अवसरमा महिला समूहले नेपाल क्यानसर हस्पिटल एण्ड रिसर्च सेन्टर, ललितपुरसँगको सहकार्यमा शुक्रबार हात्तीगौँडास्थित छहारी भवनमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा महिला तथा एकल महिलाहरुको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको हो ।

संस्थाकी पूर्व–अध्यक्ष एवं मानव अधिकार अभियन्ता लिली थापाले २९ वर्ष लामो अभियानमा धेरै उपलब्धि हासिल भएको बताइन् ।

‘कानूनी, राजनीति र सांस्कृतिक रुपमा तर स्वास्थ्यको हिसाबमा हामी धेरै सचेत हुन सकेनौँ । अहिले केही समयअघिबाट एकल महिलाहरुको स्वास्थ्य अधिकारका पहुँज विस्तार गर्नका लागि राजधानीका केही अस्पतालहरुमा समन्वय गरिरहेका छौँ,’ उनले भनिन्, ‘सम्बन्धित अस्पतालहरुले जटिल प्रकारको उपचारहरुमा निश्चित रकम छुट गर्नुहुन्छ । जसले एकल महिलाहरुको स्वास्थ्य उपचारहरुमा सहज हुने गरेको छ । पचिल्लो पटक हरिसिद्धिस्थित क्यान्सर अस्पतालसँग सहकार्य गरेका छौँ । आज बूढानीलकण्ठ नगरपालिकाको २९औं स्थापना दिवसको अवसरमा काठमाडौंका नजिक नजिक स्थानका एकल महिलाहरुको स्तन र पाटेघरको मुखको क्यान्सरका परीक्षण गराउन मध्यस्त गराएका छौँ ।’

कार्यक्रममा स्थानीय सरकारका प्रमुखहरु र एकल महिलाहरुको उपस्थिति रहेको थियो । वि.सं. २०५२ सालमा स्थापित उक्त संस्था एकल ९विधवा० महिलाका हक(अधिकार तथा सशक्तीकरणका लागि वकालत गर्ने गैह्र(सरकारी सामाजिक संस्था हो ।

 

  • February 24, 2023 प्रकाशित
  • सम्बन्धित