अध्यक्ष ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
  • मूलधार

भक्तपुर । नेकपा ‘एमाले’ का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज भेटवार्ता भएको छ ।

बालकोटस्थित अध्यक्ष ओली निवास पुग्नु भएका राजदूत श्रीवास्तव र ओलीबीच दुईदेशीय मैत्रीपूर्ण सम्बन्ध र वर्तमान राजनीतिक परिवेशका बारेमा छलफल भएको ओलीको सचिवायलले जानकारी दिएको छ। करिब एक घण्टा भएको छलफलमा भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति निर्वाचनका बारेमा समेत चासो लिएको बताइएको छ।

  • February 23, 2023 प्रकाशित
  • सम्बन्धित