बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत छनबीच एक घण्टा भेटवार्ता
  • मूलधार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेपालका लागि राजदुत छन् सङबीच भेटवार्ता भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा दुईबीच एक घण्टा भेटवार्ता भएको हो ।

नेपालका लागि राजदुत नियुक्त भएर आएपछि राजदूत छन्को प्रधानमन्त्री प्रचण्डसँग यो दोस्रो भेटवार्ता हो । राजदूत भएर नेपाल आएसँगै तीव्र राजनीतिक भेटवार्तामा सक्रिय रुपमा लागिपरेका उनले यसअघि प्रधानमन्त्री प्रचण्डसँग पहिलोपटक माघ २ गते भेटवार्ता गरिसकेका छन् । यससँगै उनले नेपालका कम्युनिष्ट दलका शीर्ष नेताहरुसँग राजनीतिक भेटवार्ता गरिरहेका छन् ।

आगामी चैत १४ देखि १७ सम्म चीनको हैनान प्रान्तमा हुन लागेको बोआओ फोरमको निम्तो दिन राजदूत छन् प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएको बताइएको छ । तर, दुईबीच एक घण्टासम्म के के कुराकानी भए त्यो गोप्य नै राखिएको छ ।

राजदूत छन्ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरिसकेका छन् । अध्यक्ष ओलीसँग राजदूत छन्ले शुक्रबार उनकै निवास बालकोट पुगेर भेट गरेका हुन् ।

 

 

  • February 22, 2023 प्रकाशित
  • सम्बन्धित