‘मुन्द्रेको कमेडी क्लब’नयाँ स्वरुपमा
  • मूलधार

काठमाडौँ । हाँस्य कलाकार जितु नेपाल नयाँ स्वरुपमा ‘मुन्द्रेको कमेडी क्लब’ मा देखिने भएको छ। आज आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले आफ्नो नयाँ कार्यक्रमका बारेमा जानकारी दिँदै हाँस्य विधामा केही नयाँ काम गर्न खोजेको जानकारी दिए।

यसअघि नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको सो कार्यक्रम अब भने कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । कि इन्टरटेन्मेन्ट तथा एडी रिलिजको सहकार्यमा आगामी चैत २ गतेदेखि सो कार्यक्रम प्रसारण हुनेछ । हरेक दिन बिहीबार राति ९ बजे प्रसारण हुने सो कार्यक्रमको प्रमुख भूमिकामा कलाकार नेपाल र नायिका प्रियंका कार्की रहने छन्।

यसैगरी दमन रुपाखेती, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिा बाँस्कोटाका साथै अन्य कलाकार पनि विभिन्न भूमिकामा देखिने छन्। कार्यक्रमको निर्देशन भने दिनेश डिसीले गर्ने भएका छन्। नयाँ स्वरुपमा कमेडी क्लबमा जोडिन पाउँदा आफूलाई खुसी लागेको भन्दै नायिका कार्कीले पत्रकार सम्मेलनमा प्रसन्नता व्यक्त गरे। उनले स्वच्छ हाँस्य व्यङ्ग्य मार्फत आम जनमानसलाई सुसूचित हुने अवसर प्रदान गर्न लागिएको बताए।

  • February 21, 2023 प्रकाशित
  • सम्बन्धित