काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरमाथि जथाभावी बोल्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
एक अन्तर्वार्तामा अभिनेत्री करिश्मामाथि जथाभावी बोलेपछि करिश्माले उजुरी दिएपछि नेपाल प्रहरीको साइबर ब्यूरोले डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको हो ।
अभिनेत्री करिश्माले आफूलाई ‘डिजिटल भायोलेन्स’ गरेको भन्दै माघ २४ गते नेपाल साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। करिश्मामाथि पक्राउ परेका खनालले युट्युबरसँग करिस्माको निजी जीवनबारे टिकाटिप्पणी गरेका थिए।
साइबर ब्युरोले खनाललाई काठमाडौंको भोटाहिटीबाट पक्राउ गरेको बताइएको छ ।