गायिका डा. त्रिशला गुरुङ रोहित शाक्यसँग विवाह बन्धनमा बाँधिइन्
  • मूलधार

काठमाडौं । गायिका डा. त्रिशला गुरुङ विवाह बन्धनमा बाँधिएकी छन् । केही समय आफूहरुबीच केही अफेयर नरहेको बताएकी त्रिशला संगीतकार रोहित शाक्यसँग विवाह बन्धनमा बाँधिएकी हुन् ।

केही समयअघि दुईबीच चलेको अफेयरबारे बाहिर समाचार प्रकाशित हुँदा त्रिशला त्यसविरुद्ध उत्रिएकी थिइन् । उनले बाहिर आएको समाचारले गर्दा घरबाट गाली खानुपरेको भन्दै रोहित आफ्नो प्रेमी नभएको बताएकी थिइन् ।

तर, उनले रोहित आफ्नो प्रेमी नभएको बताएकी केही समयपछि रोहितसँगै त्रिशलाले लगनगाँठो कसेकी छन् । उनले त्यतिबेला भनेकी थिइन्– ‘उनी भन्छिन्, ‘यो सब जे पायो त्यहीँ समाचार हो । रोहित मेरो प्रेमी होइनन् ।’

  • February 16, 2023 प्रकाशित
  • सम्बन्धित