नुवाकोटमा बस दुर्घटना : ३ को मृत्यु, २३ जना घाइते
  • मूलधार

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका– १२, चैनपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्य भएको छ ।

बिहीबार विदुर नगरपालिका–४, बट्टारबाट तारकेश्वर गाउँपालिका–१, दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर २३ जना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

मृत्यु हुनेहरुमा विदुर नगरपालिका–३ का ६३ वर्षीय बाबुराम दर्जी नेपाली, का ७८ वर्षीय रामप्रसाद अर्याल र एक जना महिलाको पहिचान हुन सकेको छैन ।

  • February 16, 2023 प्रकाशित
  • सम्बन्धित