भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९७ पैसा घटेर आयो
  • मूलधार

काठमाडौं। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

बिहीबार इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.९७ रुपैयाँ र डिजेलमा ६ रुपैयाँ ४० पैसा घटेर आएको छ ।

प्रत्येक १५–१५ दिनमा आइओसीले नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ । आइओसीले कहिले पेट्रोलिम पदार्थको मूल्य घटाएर पठाउँछ त कहिले बढाएर पठाउने गरेको छ ।

अहिले नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ ।

 

  • February 16, 2023 प्रकाशित
  • सम्बन्धित