खाना पकाउँदै गर्दा ग्याँस बिस्फोट हुँदा दाङमा २ जना घाइते
  • मूलधार

काठमाडौं । दाङको तुलसीपुरमा खाना पकाउने एलपी ग्याँस सिलिण्डर बिस्फोट हुँदा २ जना घाइते भएका छन् ।

बिहीबार बिहान साढे ११ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको कृषि बीऊ उत्पादन कम्पनीमा ग्याँस लिक भएर बिस्फोट हुँदा २ जना गम्भीर घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार खाना पकाउँदै गर्दा ग्याँस लिक हुँदा ५० वर्षीया कुसुम केसी र २९ वर्षीय आशिष खनाल घाइते हुन पुगेका छन् । कुसुमको कम्मरमुनिका भाग जलेको छ भने खनालको हात र खुट्टा जलेको छ ।

हाल कुमुलाई थप उपचारका लागि बाँके पठाइएको छ भने खनाललाई थप उपचारका लागि चितवन लगिएको छ ।

  • February 16, 2023 प्रकाशित
  • सम्बन्धित