ल्होत्से मल लुटपाट प्रकरण : भिडियोमा देखिएका मुख्य व्यक्तिसँगै चालक र सहचालक पनि समातिए
  • मूलधार

काठमाडौं । नयाँ बसपार्कको ल्होत्से मलको मोबाइल पसल लुटपाटमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेका १५ जनामध्ये ७ जना महानगर, बाइसधारा र तारकेश्वर यातायातका चालक र सह–चालक रहेका छन् ।

फागुन १ गते यातायात व्यवसायीको आन्दोलनका क्रममा उनीहरुले आन्दोलनको मौका छोपेर ल्हात्से मलको मोबाइल पसल तोडफोड गरेर मोबाइल लुटपाट गरेका थिए । मोबाइल लुटपाट गर्दै गरेको देखिएका उनीहरुलाई अपराध अनुसन्धान कार्यालय, काठमाडौंले अनुसन्धान गरेर पक्राउ गर्न सफल भएको छ ।

प्रहरीका अनुसार लुटपाट भएको सार्वजनिक भिडियोमा देखिएका मुख्य व्यक्तिलाई पक्राउ गरिसकिएको छ । साथै, लुटपाटमा संलग्न बाँकीलाई निगरानीमा राखिएको प्रहरीले जनाएको छ ।

यसअघि सोमबार प्रहरीले लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ ।

  • February 16, 2023 प्रकाशित
  • सम्बन्धित