काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिष्ठानको नयाँ कार्य समिति चयन भएको हो ।
प्रतिष्ठानको कूलपतिमा रंगकर्मी निशा शर्मा र उपकूलपतिमा गायक सम्भु राई नियुक्त भएका छन् । सदस्य सचिवमा कुस्मा महरालाई नियुक्त गरिएको छ ।
यस्तै, प्राज्ञहरूमा कर्ण बहादुर गौतम, बखत बहादुर हमाल, डक्टर राई, हिसन बहादुर मगर, टीका पुन, चेतन सापकोटा नियुक्त भएका छन् । प्राज्ञसभा सदस्यतर्फ २४ जनालाई नियुक्त गरिएको छ ।
पदाधिकारीको सूची हेर्नुहोस्ः