‘म्याकुरी’ प्रहरी हिरासतमा
  • मूलधार

काठमाडौं । ‘म्याकुरी’ थेगोले परिचित कलाकार पवन खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बेलबारी नगरपालिका–१ स्थित एक होटलमा मादक पदार्थ सेवन गरी होहल्ला गरेको भन्दै मंगलबार उनलाई प्रहरीले नियन्त्रण लिएको हो ।

होटलमा मादक पदार्थ सेवन गरी बेलबारी ४ का एक युवालाई टाउकोमा प्रहार गरी टाउको फुटाइदिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) टीकाबहादुर कार्कीका अनुसार उनलाई आज नै छाड्ने तयारी गरिएको छ ।

खतिवडाले आफ्नै युट्युबबाट टेलिसिरियल चलाउँछन् भने उनले चलचित्रमा पनि काम गरिसकेका छन् ।

  • February 15, 2023 प्रकाशित
  • सम्बन्धित