काठमाडौं । जिल्ला सरकारीको वकिलको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध जाहेरी दर्ता गर्नु नपर्ने जनाएको छ ।
सरकारी वकिलको कार्यालयअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंमा लामिछानेको राहदानीसम्बन्धी छानबिन चलिरहेकोले उजुरी दर्ता गर्न आवश्यक देखिएन ।
झुटोराहदानी लिएको भन्दै सिन्धुलीका युवराज पौडेल (सफल) लामिछानेविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गरेका थिए । तर, लामिछानेको नागरिकता विवाद मुद्दामा सर्वाेच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक नगरेको भन्दै प्रहरीले उजुरी दर्ता गर्न मानेको थिएन ।
प्रहरीले लामिछानेविरुद्ध उजुरी दर्ता गर्न नमानेपछि पौडेल सरकारी वकिलको कार्यालय पुगेका थिए । तर, सरकारी वकिलको कार्यालयले पनि लामिछानेविरुद्ध प्रहरी परिसरमा अनुसन्धान चलिहरकोले उजुरी दर्ता गर्न अस्वीरका गरिदियो ।