काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउने ज्वाला संग्रौला र टिभी प्रस्तोता रमेश प्रसाईं पनि मनोनयनमा परेका छन् ।
सोमबार पार्टी कार्यायल बसुन्धारामा बसेको केन्द्रीय समितिको बैठकले संग्रौला र प्रसाईंसहित १६ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो ।
सोमबार थप १६ जना केन्द्रीय समितिमा मनोनयन भएसँगै पार्टीको केन्द्रीय सदस्य संख्या ४० पुगेको छ ।
रास्वपाको केन्द्रीय सदस्य बन्ने प्रसाईं पब्लिक स्पिकर नेपाल सिजन २ का विजेता तथा ग्यालेक्सी टेलिभिजनका प्रस्तोता हुन् । उनले ‘लालमोहर’ कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
यता, संग्रौला आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाउँदै आएकी छन् । रास्वपामा आउनुअघि संग्रौला अभियन्तासँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि आबद्ध थिइन् । तर, पार्टी अध्यक्ष रवि लामिछानेले टिभी शो छाडेर पार्टीमा होमिएसँगै ज्वाला पनि राप्रपा छाडेर रास्वपाको गतिविधिमा सरिक थिइन् ।
यी हुन् रास्वपामा थपिएका १६ नयाँ अनुहारः
निशा मेहता
विन्धवासिनी कंसाकार
रुपा संकर
विजय जैरु
मेघ आले
मोहन बहादुर थापा
खुस्बु सरकार श्रेष्ठ
टिका संग्रौला
हरि भट्ट
ध्रुव गिरी
लिमा अधिकारी
रमेश प्रसाई
अर्जुन अधिकारी
क्रान्तिशिखा धिताल
प्रतिभा रावत
गोमा क्षेत्री