मृतक प्रेम आचार्यकी श्रीमती नानुकालाई बीमा कम्पनीले दियो जीवन बीमाबापत् ५० लाख
  • मूलधार

काठमाडौं । आत्मदाहको प्रयासपश्चात् ज्यान गुमाएका इलामका प्रेम आचार्यको परिवारलाई बीमा कम्पनीले जीवन बीमा गरेबापत् दाबी भुक्तानी रकम उपलब्ध गराएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतक आचार्यको परिवारलाई ५० लाख १२ हजार एक सय ९४ रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

मृतककी श्रीमती नानुका अधिकारीकानाममा चेकमार्फत कम्पनीले बीमा दाबी रकम हस्तान्तरण गरेको कम्पनीका इलाम शाखाका प्रमुख टंक श्रेष्ठले जानकारी दिए ।

केही समयअघि नयाँबानेश्वरको संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आचार्यले आत्मदाहको प्रयास गरेका थिए । आत्मदाहको प्रयासपश्चात् घाइते भएका उनलाई उपचारका लागि र्कीतिपुरस्थित बर्न अस्पताल लगिएको थियो । तर, उनको उपचार सफल हुन सकेन । अस्पताल भर्ना गरेको भोलिपल्ट आचार्यको बिहान मृत्यु भएको थियो ।

आचार्यको निधनभएपछि देश विदेशबाट विभिन्न व्यक्ति तथा संघ संस्थाले मृतकको परिवारलाई आर्थिक सहयोग जुटाउँदै आएका छन् ।

  • February 13, 2023 प्रकाशित
  • सम्बन्धित