हर्क साम्पाङले खानेपानी मन्त्रीलाई धरान बोलाए, तर खानेपानी मन्त्री को हो ? थाहा छैन
  • मूलधार

काठमाडौं । धरान उपमहानरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले खानेपानी मन्त्रीलाई धरान आउनका लागि निम्तो गरेका छन् ।

मेयर साम्पाङले मंगलबार फेसबुकमार्फत् खानेपानी मन्त्रीलाई धरान आउन निम्तो दिए पनि खानेपानी मन्त्रीले मन्त्रालयको जिम्मेवारी सम्हालेका छैनन् । खानेपानीमा मन्त्रीमा जनमत पार्टीका सांसद अब्दुल खानलाई जिम्मेवारी दिइए पनि सत्तागठबन्धनविपरीत मन्त्रालय दिइएको भन्दै उनले न सपथ लिएका छन् न मन्त्रालयको कार्यभार सम्हालेका छन् ।

सत्तागठबन्धनमा जनमतलाई उद्योग वा कृषि मन्त्रालय दिइने सहमति भए पनि सपथ ग्रहणमा खानेपानी मन्त्रालय राखिएपछि जनमत अहिले पनि सरकारमा गएको छैन । जनमतले पछिल्लो समय उद्योग नै दाबी गरिरहेका छ र, एमालेले लिएको उद्योग मन्त्रालय र जनमतले पाएको खानेपानी साटफेर हुने भनिए पनि अझैँ चेनफेन भएको छैन ।

मन्त्रालयको कमाण्ड सचिवले गरिरहेका छन् । मन्त्रालयको मन्त्रीको नाम छैन । यद्यपि, संघीय मन्त्रीले खानेपानी मन्त्रालयको जिम्मेवारी नसम्हालेको अवस्थामा धरानका मेयर साम्पाङले भने मन्त्रीलाई धरान आउन निम्तो दिएका छन् ।

उनले भनेका छन्, ‘संघीय मन्त्रीलाई धरान आउन निम्तो दिन चाहन्छु । आधिकारीक रुपमै पत्र लेखेर निम्तो दिनुपर्ने हो तर फेसबुकमार्फत पनि उहाँलाई निम्तो गर्न चाहन्छु । उहाँलाई धरानको गल्ली गल्ली डुलाउनुपर्ने छ ।’

धरानमा सबैभन्दा ठूलो खानेपानीको समस्याबारे फिल्डमै खटाउने पनि मेयर साम्पाङले भनेका छन् । आफैँले धेरैलाई श्रम गराएर, मेहनत गरेर पानी ल्याइएको उनको भनाइ छ । वर्षामाभन्दा पनि हिउँदमा पानीको व्यवस्थापन गर्न गाह्रो रहेको पनि उनले भनेका छन्।

  • January 24, 2023 प्रकाशित
  • सम्बन्धित