सुदन किराती मन्त्री बन्ने पक्का, जुन मन्त्रालय रोजे पनि दिने भनेका प्रधानमन्त्री प्रचण्डले कुन मन्त्रालय देलान् ?
  • मूलधार

काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको भोजपुरबाट लगातार तीन पटक निर्वाचन जितेका नेकपा माओवादी केन्द्रका सांसद सुदन किराती मन्त्री बन्ने पक्का भएको छ । सुदनसँगै माओवादीबाट रेखा शर्मा पनि मन्त्री बन्ने पक्का भएको माओवादी स्रोतले जानकारी दिएको छ ।

सुदनलाई मन्त्री बनाएसँगै प्रधानमन्त्री प्रचण्डले भनेअनुसार ऋण चुक्ता भएको छ । गत १६ नोभेम्बरमा भोजपुरको तिवारी भन्ज्याङमामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले भोजपुरवासीलाई सुदनलाई जितेर पठाए पूरानो ऋणमात्र होइन जुन मन्त्रालय भने त्यहिँ मन्त्रालय दिने भनेका थिए ।

त्यतिबेला प्रचण्डले भनेका थिए, ‘मैले सुदनजीलाई पुरानै ऋण तिर्नु छ । पहिला पनि मन्त्री बनाउन खोजिएकै हो सकिएन । अब निर्वाचित भएपछि रोजेकै मन्त्रालय दिन्छु । तपाईहरु सुदनलाई जिताएर पठाउनुस् ।’

प्रदेश १ बाट पटक पटक जितेर पनि मन्त्री बन्नबाट बञ्चित रहेका सुदनलाई यसपटक प्रचण्डले जसरी भए पनि मन्त्री बनाउने बाचा गरेका थिए ।

यो पनिः

भोजपुरबाट सुदनले चुनाव जिते, अब प्रचण्डले सुदनलाई रोजेकै मन्त्रालय देलान् कि प्रधानमन्त्री ?

  • January 13, 2023 प्रकाशित
  • सम्बन्धित