काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका बोझेनीमा विद्युत सबस्टेसन सार्नुपर्ने भन्दै आन्दोलनरत रहेका स्थानीयलाई पेस्तोल ताक्ने प्रहरी निरीक्षक (इन्स्पेकटर) विशालबहादुर बुढाथोकीमाथि छानबिन सुरू गरिको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले उक्त विषयमा ध्यानाकर्षण जनाउँदै इन्सपेक्टर बुढाथोकीलाई परिसरमा बोलाइ छानबिन सुरू गरेको बताएका हुन्।
ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘उक्त घटनाको सम्बन्धमा निज प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकीलाई यस परिसरमा बोलाएर छानविन सुरु गरिएको छ ।’
साथै, स्थानीयवासिन्दाद्वारा गरिएको विरोध प्रदर्शनमा प्रहरी वृत्त बौद्धबाट थप मद्धताको लागि खटिएको इन्सपेक्टर बुढाथोकीले गैह्रव्यवसायिक कार्य गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको पनि प्रवक्ता मैनालीद्वारा भनिएको छ ।
आठ दिनदेखि निरन्तर आन्दोलनमा रहेका स्थानीयमाथि गत शुक्रबार इन्सपेक्टर बुढाथोकीले पेस्तोल ताकेर आन्दोलनरत स्थानीयलाई तर्साउन खोजेका थिए ।
यो पनिः
शंखरापुर बोझनीमा प्रहरी र स्थानीयबीच झडप हुँदा दुई जना घाइते (भिडियो)
शंखरापुर बोझनीका स्थानीयले आन्दोलन झन् चर्काए, भन्छन्–‘अब गर वा मर’
शंखरापुरमा जबर्जस्ती विद्युत सबस्टेसन बनाउन खोजिएपछि स्थानीयको विरोध, २ जना पक्राउ
पाँच दिनदेखि बोझनीका स्थानीयहरु आन्दोलित : बिहीबार १२ वर्षीय दोर्जे तामाङसहित ३ जना घाइते (भिडियो)
शंखरापुर नगरका नगरप्रमुख नापितले भने- ‘स्थानीयहरुमाथिको प्रहरी दमन तत्काल बन्द गर’