पाँच दिनदेखि बोझनीका स्थानीयहरु आन्दोलित : बिहीबार १२ वर्षीय दोर्जे तामाङसहित ३ जना घाइते (भिडियो)
  • मूलधार

काठमाडौं । काठमाडौंको शंखरापुर बोझनीका स्थानीयहरुले आन्दोलन जारी राखेका छन् । स्थानीयको जग्गा अधिग्रहण गरेर बिनासूचना विद्युत सबस्टेसन बनाउन लागिएको भन्दै पाँच दिनदेखि स्थानीयहरु आन्दोलनमा रहेका छन् ।

बिहीबार पनि आन्दोलनमा उत्रिदा राज्यबाट खटाइएका सुरक्षाकर्मीले स्थानीयमाथि बलजफ्ती गरेका छन् । सुरक्षाकर्मीको बलजफ्तीविरुद्ध उत्रिदा बिहीबार तीन जना घाइते हुन पुगेका छन् । घाइते हुनेहरुमा स्थानीय निरमाया तामाङ, बिना तामाङ र १२ वर्षीय दोर्जे तामाङ रहेका छन् ।

बुधबार प्रहरीले गोली देखाएर स्थानीयहरुलाई तर्साउन खोज्ने प्रयास गरेको थियो । तर, स्थानीयले ज्यानको बाजी राखेर आफ्नो थातथलोबाट एक कदम नहट्ने भन्दै आन्दोलन जारी राखेका थिए । आफूहरु शान्तिपूर्ण वातावरणले आन्दोलन गरेको र राज्यले शान्तिपूर्ण ढंगले माग सम्बोधन गरेर वार्तामा आउन तयार रहेको आन्दोलनरत स्थानीयहरुको माग छ ।

उक्त क्षेत्रमा राज्यकोे ४५६ मेगावाटको अपर तामाकोसी जलविद्युत् आयोजनाको विद्युत प्रसारण लाइनको सबस्टेसन बनाउने योजना रहेको छ । यद्यपि, राज्यले सबस्टेसन निर्माण गर्दा स्थानीयको जग्गा हडपेको र स्थानीयलाई डर, धम्कि देखाइएको भन्दै स्थानीयहरु आन्दोलनरत रहेका छन् ।

  • January 5, 2023 प्रकाशित
  • सम्बन्धित