काठमाडौं । काठमाडौंको शंखरापुर बोझेनीमा विद्युत सबस्टेसन बनाउन नदिँदा आन्दोलनरत स्थानीयलाई गोली देखाएर प्रहरीले तर्साउन खोज्ने प्रयास गरेको छ ।
४५६ मेगावाटको अपर तामाकोसी जलविद्युत् आयोजनाको विद्युत प्रसारण लाइनको सबस्टेसन बनाउदा बिनासूचना स्थानीयको जग्गा अधिग्रहण गरेको भन्दै चार दिनदेखि निरन्तर आन्दोलनरत स्थानीयहरुलाई तर्साउन प्रहरी दमनमा उत्रिएको छ।
शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा राज्य दमनमा उत्रिएको भन्दै स्थानीय झन् आन्दोलित भएका छन् । आफूहरुको माग शान्तिपूर्ण सम्बोधन हुनुपर्ने अवस्थामा राज्य दमनमा उत्रिएको भन्दै स्थानीयहरुले त्यसको घोर विरोध गरेका छन् ।
प्रहरी दमनको विरोधमा उत्रिएका दुई स्थानीयलाई प्रहरीले पक्राउ पनि गरेको छ । पक्राउ पर्नेमा स्थानीय रामसनी तामाङ र मेनुका सुवेदी रहेका छन् । बौद्धबाट इन्सपेक्टरको कमाण्डमा खटिएका प्रहरी टोली अहिले आन्दोलनरत स्थानीयलाई हटाउन प्रयासरत रहेका छन् ।
यो पनिः
शंखरापुर बोझनीका स्थानीयले आन्दोलन झन् चर्काए, भन्छन्–‘अब गर वा मर’